Like us!
Follow us!

राष्ट्र बैंकले २६ अर्ब १० कराेडको ट्रेजरी बिक्री गर्दै

राष्ट्र बैंकले २६ अर्ब १० कराेडको ट्रेजरी बिक्री गर्दै

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले २६ अर्ब १० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (असार १३ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी असार १४ गते, मंगलबार बिक्री हुनेछ ।

बैंकले २८ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल श्रावण १० गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ९ अर्ब १० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल असाेज ११ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि १० अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल पाैष १२ गते परिपक्क हुनेछ ।

त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल वि.सं २०८० साल असार १२ गते परिपक्क हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।