Like us!
Follow us!

हिमालयन र एभरेष्ट इन्स्याेरेन्सले पाए मर्जरका लागि बीमा समितिबाट अन्तिम स्वीकृति

हिमालयन र एभरेष्ट इन्स्याेरेन्सले पाए मर्जरका लागि बीमा समितिबाट अन्तिम स्वीकृति

लगानी खबर, काठमाडाैँ - हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडको मर्जरलाई बीमा समितिले अन्तिम स्वीकृति प्रदान गरेकाे छ । समितिले गत बिहीबार (असार ९ गते) अन्तिम स्वीकृति प्रदान गरेकाे हाे । 

यी २ कम्पनीकाे एकिकृत कारोबार 'हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड' काे नाममा साउन १ गतेबाट सुरू हुने भएकाे छ । दुवै कम्पनीकाे असार २ गते सम्पन्न भएकाे विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । 

यी २ कम्पनी १००ः०.८५ काे अनुपातमा मर्ज हुन लागेका हुन् । जस अनुसार एभरेष्ट इन्स्याेरेन्सकाे १०० कित्ता सेयर हुनेले हिमालयन जनरल इन्स्याेरेन्सकाे ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।