Like us!
Follow us!

ऋणपत्र निष्कासन गर्न निफ्राले दियो बोर्डमा निवेदन, व्याज कति छ ?

ऋणपत्र निष्कासन गर्न निफ्राले दियो बोर्डमा निवेदन, व्याज कति छ ?

लगानी खबर, काठमाडाैँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । 

बैंकले ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १ गते, बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । बैंकले ७ वर्ष अवधि भएकाे वार्षिक ७ प्रतिशत व्याज भएकाे "७ वर्ष, ७% निफ्रा उर्जा ऋणपत्र, २०८५/८६" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।