Like us!
Follow us!

१५० प्रतिशत हकप्रद निष्काशन गर्न ङादी ग्रुपले पायो बोर्डको अनुमति

१५० प्रतिशत हकप्रद निष्काशन गर्न ङादी ग्रुपले पायो बोर्डको अनुमति

लगानी खबर, काठमाडाैँ - ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डको असार ९ गते बसेको बैठकले ङादी ग्रुपलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।

सेबोनले अनुमति दिएसँगै अब ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ । 

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।