Like us!
Follow us!

साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा छायाे राैनकता

साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा छायाे राैनकता

लगानी खबर, काठमाडाैँ - साताकाे अन्तिम काराेबार दिन सेयर बजारमा राैनकता छाएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा पुगेकाे छ । नेप्से ०.७५ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.८१ अंकले बढेर ३६४.९० विन्दुमा पुगेको छ । 

कूल २२३ वटा कम्पनीकाे ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेको छ । 

शुक्रबार कुमारी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ८ कराेड ६३ लाख १२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यसदिन न्यादी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कमपनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ७२ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

आज आँधिखोला लघुवित्तकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.८८ प्रतिशतले घटेर ८ सय ८५ रूपैयाँमा झरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।