Like us!
Follow us!

आईपीओ निष्कासन गर्न साञ्जेन जलविद्युतलाई बोर्डकाे स्विकृती

आईपीओ निष्कासन गर्न साञ्जेन जलविद्युतलाई बोर्डकाे स्विकृती

लगानी खबर, काठमाडाैँ - साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ । 

साञ्जेन जलविद्युतले स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे थियाे । बाेर्डले धिताेपत्र सम्बन्धी ऐन, २०६३ काे दफा ३० काे उपदफा (१) बमाेजिम आईपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नागरिक लगानी काेषले गर्नेछ । कम्पनीकाे सह निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेकाे छ । 

62b44d8b2e6e2.jpg 62b44d91e5664.jpg 62b44d9a2c0e1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।