Like us!
Follow us!

सेयर बजारमा भारी गिरावट

सेयर बजारमा भारी गिरावट

लगानी खबर, काठमाडाैँ - सेयर बजारमा भारी गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा झरेकाे छ । नेप्से २.३९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.०६ अंकले घटेर ३६२.०९ विन्दुमा झरेकाे छ । 

कूल २३७ वटा कम्पनीकाे ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४९ करोड ९७ लाख ९ हजार ६ सय ३५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह घटेकाे छ । 

बिहीबार कुमारी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ९ कराेड ५३ लाख १२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ वटा लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.५६ प्रतिशतले घटेर २ सय २७ रूपैयाँमा झरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।