Like us!
Follow us!

लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडाैँ - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १७ औँ वार्षिक साधारण सभा असार २९ गते, अमृतभोग क्याटरिङ कालिकास्थान, डिल्लीबजार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै सभाले कम्पनीको चुक्ता पूँजी बृद्धिको बिशेष प्रस्ताव समेत पारित गर्नुका साथै मर्जर सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितीलाई दिनेछ ।   

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।