Like us!
Follow us!

एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स फण्डले आजदेखि लाभांश पठाउँदै, तपाईंकाे खातामा आएन भने के गर्ने ?

एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स फण्डले आजदेखि लाभांश पठाउँदै, तपाईंकाे खातामा आएन भने के गर्ने ?

लगानी खबर, काठमाडौँ - एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले आज (असाेज ६ गते, मंगलबार) बाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्ने भएका छन् ।

दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाद्र २५ गते एक दिनका लागि बुक क्लोज गरेका थिए ।  त्यसैले भाद्र २४ गते, बुधबारसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

आर्थिक वर्ष २०७६/०७७ का लागि एनआइसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई कर सहित १२ प्रतिशतका दरले र एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरूलाई कर सहित ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरिएकाे छ ।

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ ।

फण्डकाे योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

हेर्नुहाेस् सूचना :

 

5f698aa27f256.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।