Like us!
Follow us!

प्रभु लाइफ इन्स्याेरेन्सले डाक्याे विशेष साधारण सभा, के-के छन् एजेन्डा ?

प्रभु लाइफ इन्स्याेरेन्सले डाक्याे विशेष साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडाैँ - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ ।

इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले विशेष साधारणसभा यही असार २३ गते काठमाण्डौँको आम्रपाली बैंक्वेट भाटभटेनीमा बिहान ११ बजेबाट डाकेको हो ।

सभाले कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। पुँजी वृद्धिपछि सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझावबमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्तावित पनि अनुमोदन गर्नेछ।

सभाले अन्य कुनै जीवन बीमा कम्पनी आपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।