Like us!
Follow us!

अपि पावरको लिलामी सेयर बाँडफाँड, कट अफ प्राइस कति ?

अपि पावरको लिलामी सेयर बाँडफाँड, कट अफ प्राइस कति ?

लगानी खबर, काठमाडाैँ - अपि पावर कम्पनी लिमिटेडकाे लिलामी सेयर बाँडफाँड भएकाे छ ।

कम्पनीले जेठ १८ गते, बुधबारबाट जेठ २६ गते, बिहीबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू असार १ गते, बुधबार खोलिएर असार ५ गते, आइतबार बाँडफाँड गरिएकाे हाे । कम्पनीले सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

लिलामी सेयर बाँडफाँडकाे अन्तिम मूल्य (कट अफ प्राइस) न्यूनतम २४० रुपैयाँ  कायम भएकाे छ । बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा असार ८ गते, बुधबारबाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । 

62b01bf1a1377.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।