Like us!
Follow us!

समृद्धि फाइनान्सका शेयरधनीलाई लगानी गर्ने अवसर, हकप्रद आउँदै !

समृद्धि फाइनान्सका शेयरधनीलाई लगानी गर्ने अवसर, हकप्रद आउँदै  !

लगानी खबर, काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडले आफ्ना लगानीकर्तालाई असोज १६ गते शुक्रबारबाट २००% हकप्रद शेयर निष्कासन तथा  बिक्री खुल्ला गर्ने भएकाे छ ।

फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरकाे ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेकाे हाे ।

फाइनान्सले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि भाद्र १२ गते, शुक्रबार एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, भाद्र ११ गते बिहीबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ । 

कहिलेसम्म दिने आवेदन ?

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले असोज १६ गते शुक्रबारबाट कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे निष्कासन तथा बिक्री प्रबन्धक ?

कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक  बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालय, बैंक अफ काठमान्डूको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

हकप्रदकाे बारेमा अन्य विवरण तलकाे सूचना मार्फत हेर्न सक्नुहुनेछ :

 

5f697f574ffe9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।