Like us!
Follow us!

२५ अर्ब ५३ कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

२५ अर्ब ५३ कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले २५ अर्ब ५३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले २८ दिनकाे अवधिकाे लागि ५  अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल श्रावण ३ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब ५३ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल असाेज ४ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि १० अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल पाैष ५ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल वि.सं २०८० साल असार ५ गते परिपक्क हुनेछ ।

याे ट्रेजरी बिल आज (असार ६ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि असार ७ गते, मंगलबार बिक्री हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।