Like us!
Follow us!

रोकिएन सेयर बजारको ओरालो यात्रा

रोकिएन सेयर बजारको ओरालो यात्रा

लगानी खबर, काठमाडाैँ - आइतबार पनि सेयर बजारकाे ओरालो यात्रामा नै निरन्तरता छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा झरेकाे छ । नेप्से १.८९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.२९ अंकले घटेर ३७३.८५ विन्दुमा झरेकाे छ । 

कूल २२३ वटा कम्पनीकाे ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ४० लाख ९१ हजार २ सय १२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

आइतबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे १० कराेड २९ लाख ८९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ६ सय ५६ रूपैयाँ ३० पैसा पुगेकाे छ । 

यस दिन रिभर फल्स पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.५६ प्रतिशतले घटेर २ सय ४६ रूपैयाँ ९० पैसामा झरेकाे छ । 

62aef906302c7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।