लगानी खबर, काठमाडाैँ - नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीकाे आज असार ५ गते, आइतबार बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभा भएपश्चात् सो लाभांश वितरण गरिनेछ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।