Like us!
Follow us!

नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

नेपाल बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

लगानी खबर, काठमाडाैँ - नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले “१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । 

बैंकले ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको र ब्याजदर १०.५०%  प्रतिशत रहेको छ । 

उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।