Like us!
Follow us!

भोलिदेखि शुक्रबार पनि कारोबार खुल्ने

भोलिदेखि शुक्रबार पनि कारोबार खुल्ने

लगानी खबर, काठमाडाैँ - भोलि असार ३ गते, शुक्रबारदेखि शुक्रबार पनि कारोबार खुल्ने भएको छ । यो सँगै अब सातामा ६ दिन नै धितोपत्रको दोश्रो बजार खुल्ला हुने भएको छ । 

नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७९/०२/२३ गतेको बैठकबाट दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको हुँदा सोहि बमोजिम नेप्से सञ्चालक समितिको मिति २०७९/०२/२५ गतेको निर्णयानुसार असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबार देखि बिहिबार सम्म ११:०० बजे देखि ३:०० बजेसम्म र शुक्रबार ११:०० बजे देखि १:०० बजेसम्म सन्चालन हुने नेप्सेले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

62aac48f363e5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।