Like us!
Follow us!

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्ब पनि पुगेन कारोबार

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्ब पनि पुगेन कारोबार

लगानी खबर, काठमाडाैँ - आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा झरेकाे छ । नेप्से ०.७७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.३० अंकले घटेर ३८९.९५ विन्दुमा झरेकाे छ । 

कूल २३० वटा कम्पनीकाे २९ लाख २० हजार ७ सय ५ कित्ता सेयर खरिदबिक्री हुँदा ९९ करोड ८६ लाख ७४ हजार २ सय ६२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

साेमबार सानिमा बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ९ कराेड एक लाख ६१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज ग्रीन भेन्चर्स र बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

यस दिन मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.४० प्रतिशतले घटेर एक हजार ४७ रूपैयाँ २० पैसामा झरेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।