Like us!
Follow us!

सानिमा जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, मर्जरको प्रस्ताव

सानिमा जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, मर्जरको प्रस्ताव

लगानी खबर, काठमाडाैँ - सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आईतबार बसेको बैठकले विशेष साधारणसभा यही असार १५ गते काठमाण्डौको धुम्र बराह पार्टी प्यालेस धुम्बाराहीमा बिहान १० बजेबाट डाकेको हो ।

सभाले कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्यांकन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मजर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि असार ८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागी हुन पाउनेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।