Like us!
Follow us!

सेयर संरचना परिमार्जन गर्दै नेपाल लाइफ

सेयर संरचना परिमार्जन गर्दै नेपाल लाइफ

लगानी खबर, काठमाडाैँ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने भएको हो । हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागिएको हो। 

कम्पनीको २१औँ वार्षिक साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । 

सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले सोही अनुसारको सोघोषणा गरी सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन पनि कम्पनीले आग्रह गरेको छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।