Like us!
Follow us!

सानिमा लाइफले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

सानिमा लाइफले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडाैँ - सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार चौँथो वार्षिक साधारण सभा असार २० गते, स्मार्ट दरबार ब्यान्क्वेट धुम्बाराहि काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।