Like us!
Follow us!

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंककाे काराेबार राेक्का

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंककाे काराेबार राेक्का

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडकाे सेयर काराेबार राेक्का गरिएकाे छ ।

दुवै बैंकबीच जेठ २७ गते, शुक्रबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएकाे थियाे ।

त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडकाे सेयर काराेबार आज (जेठ ३० गते, साेमबार) बाट राेक्का राखिएकाे नेप्सेले जनाएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।