Like us!
Follow us!

एचआईडिसिएलको सेयर लिलामी प्रक्रिया पुनः खुल्दै, कहिलेबाट दिने आवेदन ?

एचआईडिसिएलको सेयर लिलामी प्रक्रिया पुनः खुल्दै, कहिलेबाट दिने आवेदन ?

लगानी खबर, काठमाडाैँ - हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीको प्रकृया स्थगन भएको लामो समय पछि पूनः असार ५ गतेदेखि लिलामीमा आउने भएको छ ।

फागुन १ गतेदेखि फागुन १५ गतेसम्मको समयसीमा राखेर HIDCL ले लिलामीमा ल्याएको ३ करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रकृया फागुन १३ गते स्थगित भएको थियो। 

कम्पनीकाे वैशाख २२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीले जारी गरेकाे हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएकाे ३ कराेड ३० लाख कित्ता सेयर पुन: लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेकाे हाे ।

लगानीकर्ताले असार ५ गतेदेखि असार १९ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडाैँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामाेड, हनुमानदास राेड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटाैँडा, नारायणगढ, न्यूराेड पाेखरा, बुटवल-मिलनचाेक, बाग्लुङ्ग, नेपालगञ्ज-त्रिभुवन चाेक, सुर्खेत, घाेराही दाङ, धनगढी र महेन्द्रनगर शाखा बाट आवेदन दिन सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।