Like us!
Follow us!

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा कुमारी बैंक अब्बल

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबारमा कुमारी बैंक अब्बल

लगानी खबर, काठमाडाैँ - बुधबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ विन्दुमा झरेकाे छ । नेप्से ०.८५ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.९९ अंकले घटेर ३९६.३९ विन्दुमा झरेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे ४१ लाख ५६ हजार एक सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । 

त्यसैगरी, बिहीबार कुमारी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड ७४ लाख ६९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज बलेफी हाइड्राेपावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

हेराैँ आजकाे सेयर तालिका :

62a1c24a537bb.jpg 62a1c2514a13e.jpg 62a1c25a1f82e.jpg 62a1c261afe3a.jpg 62a1c2693608b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।