Like us!
Follow us!

लगानीकाे अवसर : दोर्दी खोला जलविद्युतको आईपीओमा आजदेखि आवेदन दिन पाईने

लगानीकाे अवसर : दोर्दी खोला जलविद्युतको आईपीओमा आजदेखि आवेदन दिन पाईने

लगानी खबर, काठमाडाैँ - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आज बिहीबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्री गरिसकेको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१ लाख ९६ हजा। कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ए हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख १९ हजार ८६९  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

कम्पनीले  आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर मध्य ७ लाख ५६ हजार ४२० कित्ता मात्र बिक्रि भएकाले बाँकी २ लाख ९७ हजार ८४० कित्ता सेयर अब सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिएको हो । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा जेठ ३१ गतेदेखि ढीलोमा असार ९ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।