Like us!
Follow us!

नेपाल फाइनान्सकाे हकप्रद भर्नुभयाे ? आज अन्तिम माैका

नेपाल फाइनान्सकाे हकप्रद भर्नुभयाे ? आज अन्तिम माैका

लगानी खबर, काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.७०  कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद जारी गरेको हो । हाल ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।

कम्पनीले हकप्रद प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, वैशाख २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोसेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।