लगानी खबर, काठमाडाैँ - सेयर बजारमा चमक देखिएकाे छ । लगातारकाे गिरावटपछि बुधबार नेप्सेमा हरियाली देखिएकाे हाे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा पुगेकाे छ । नेप्से २.९८ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ११.२५ अंकले बढेर ४००.३७ विन्दुमा पुगेको छ ।
कूल २३१ वटा कम्पनीकाे ५० लाख ५ हजार ८ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ३ लाख ५६ हजार ६ सय ८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।
बुधबार अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड १२ लाख ४० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
यस दिन २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सामुदायिक लघुवित्त र उपकार लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । अन्य २ कम्पनीकाे पनि सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।
आज माउन्टेन हाइड्राेकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.११ प्रतिशतले घटेर ३ सय १० रूपैयाँमा झरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।