Like us!
Follow us!

सेञ्चुरी कमर्सियल बैंकको सेयर लिलामीमा, मूल्य कति ?

सेञ्चुरी कमर्सियल बैंकको सेयर लिलामीमा, मूल्य कति ?

लगानी खबर, काठमाडाैँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २ हजार ८ सय १८ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघ/संस्थाहरूले असार १ गते, बुधबारदेखि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सेयर खरिद खर्दा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । यस सेयरमा असार ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 

बैंककाे सेयर बिक्री प्रबन्धककाे काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी, काठमाडौं तथा सेञ्चुरी बैंककाे ताेकिएका शाखा कार्यालयहरूमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।