Like us!
Follow us!

छुट्ला है ! बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम माैका

छुट्ला है ! बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम माैका

लगानी खबर, काठमाडाैँ - बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले  जेठ २० गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर आईपीओमा आवेदन दिने आज (जेठ २५ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।