Like us!
Follow us!

प्राइम बैंकद्वारा पुरानाे लाभांश लिन अनुरोध, कसरी लिने ?

प्राइम बैंकद्वारा पुरानाे लाभांश लिन अनुरोध, कसरी लिने ?

लगानी खबर, काठमाडाैँ - प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकले हालसम्म पनि ५ वर्ष पुरानाे लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हाे ।

बैंकले एक सूचना प्रकाशन गर्दै भनेकाे छ, "कम्पनी ऐन, २०६३ को दफा १८२, १८३ तथा नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन, २०७८ को ई.प्रा. निर्देशन नं. १६/०७८ को बुँदा नं.३(५) मा भएको व्यवस्था बमोजिम बैंकको साधारण सभाबाट निर्णय भएको मितिले ५ वर्षसम्म पनि शेयरधनीले बुझी नलिएको नगद लाभांश रकम नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी दायित्व भएको हुँदा नगद लाभांश बुझी नलिनु भएका शेयरधनी महानुभावहरूले २०७९ साल असार मसान्तभित्र सिभिल क्यापिटल मार्केट लि. सुन्धारा काठमाडौमा आफ्नो सक्कल नागरिकता सहित सम्पर्क गरी नगद लाभांश पूर्जा बुझी लिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।"

अन्यथा, प्रचलित कानुन बमोजिम नगद लाभांश बापतको सम्पूर्ण रकम उक्त लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने वा 'दावी नभएको लाभांश खाता खोली रकमान्तर गरी राखिने बैंकले जनाएकाे छ । 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।