लगानी खबर, काठमाडाैँ - सेयर बजारमा लगातार गिरावट देखिन थालेकाे छ । बजार निरन्तर घट्दा लगानीकर्ता पनि प्यानिक भइसकेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा झरेकाे छ । नेप्से १.६० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.१८ अंकले घटेर ४०३.४८ विन्दुमा झरेकाे छ ।
कूल २२६ वटा कम्पनीकाे ३८ लाख ४८ हजार ५ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३० करोड ७३ लाख ५९ हजार ५ सय ४१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।
शुक्रबार एनआईसी एशिया बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ६ कराेड २३ लाख ५५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
त्यसैगरी, आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र बलेफी हाइड्राेपावर कम्पनी लिमिटेड सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन नेपाल इन्भेष्टमेन्ट बैंककाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ। बैंककाे संस्थापक सेयरकाे मूल्य ९.५६ प्रतिशतले घटेर २८९ रूपैयाँ ४० पैसामा झरेकाे छ ।
सेयर तालिका हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।