Like us!
Follow us!

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति छ ?

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति छ ?

लगानी खबर, काठमाडाैँ - सानिमा बैंक लिमिटेडले २५ लाख कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । उक्त सेयरकाे न्यूनतम मूल्य २ सय रूपैयाँ ताेकिएकाे छ । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, नारायणचाैर, नक्साल, काठमाडाैँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।