Like us!
Follow us!

एनआईसी एशिया बैंकको ‘फ्लेक्सी क्याप फण्ड’ आजबाट खुल्याे, कति गर्ने लगानी ?

एनआईसी एशिया बैंकको ‘फ्लेक्सी क्याप फण्ड’ आजबाट खुल्याे, कति गर्ने लगानी ?

लगानी खबर, काठमाडाैँ - एनआईसी एशिया बैंक लिमिटेडले एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड आज जेठ १९ गते, बिहीबारदेखि निष्कासन तथा बिक्री खुला गरेकाे छ ।

फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । उक्त फण्डमा छिटोमा जेठ २४ गतेदेखि ढिलोमा असार २ गतेसम्म आवेदन दिन पाइनेछ  ।

यस योजनाको अवधि ७ वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १ सय इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् । 

फण्डकाे योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।