Like us!
Follow us!

अपि पावरको नबिकेकाे हकप्रदमा आजदेखि आवेदन दिन सकिने, कहाँबाट दिने आवेदन ?

अपि पावरको नबिकेकाे हकप्रदमा आजदेखि आवेदन दिन सकिने, कहाँबाट दिने आवेदन ?

लगानी खबर, काठमाडाैँ - अपि पावर कम्पनी लिमिटेडले आज (जेठ १८ गते, बुधबार) बाट अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

कम्पनीले चैत्र २५ गतेदेखि वैशाख १५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । 

लगानीकर्ताले जेठ १८ गते, बुधबारबाट जेठ २६ गते, बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँ, अपि पावर कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, काठमाडाैँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।