Like us!
Follow us!

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, ट्रनओभरमा एनआईसी एशिया अब्बल

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम, ट्रनओभरमा एनआईसी एशिया अब्बल

लगानी खबर, काठमाडाैँ - आज (मंगलबार) पनि नेप्से परिसूचकसँगसँगै काराेबार रकम घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा झरेकाे छ । नेप्से १.६३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.११ अंकले घटेर ४१५.६३ विन्दुमा झरेको छ । 

कूल २२९ वटा कम्पनीकाे ३७ लाख ६९ हजार ८ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी काेषबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

मंगलबार काराेबार रकममा एनआईसी एशिया बैंक लिमिटेडले अग्रता कायम गरेकाे छ । बैंककाे ५ कराेड ३७ लाख ९८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

त्यसैगरी, आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ८.२३ प्रतिशतले बढेर एक हजार ४ सय ७५ रूपैयाँ ८० पैसा पुगेकाे छ । यस दिन नेपाल इन्भेष्टमेन्ट बैंककाे संस्थापक समूहकाे सेयरमूल्यमा नकरात्मक सर्किट लागेकाे छ । बैंककाे संस्थापक सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय ५५ रूपैयाँ ५० पैसामा झरेकाे छ । 

सेयर तालिका हेर्नुहाेस् :

6295e3ff9a1bf.jpg 6295e4064e3cc.jpg 6295e40c98e2a.jpg 6295e4140c4cd.jpg 6295e41b9118d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।