Like us!
Follow us!

सरकारकाे बजेटमा त्रुटी, यसरी सच्च्याइयो गल्ती

सरकारकाे बजेटमा त्रुटी, यसरी सच्च्याइयो गल्ती

लगानी खबर, काठमाडाैँ - सरकारले आइतबार जारी गरेको बजेट वक्तव्यमा त्रुटी पाइएको छ । उक्त कुराको जानकारी सोमबार अर्थमन्त्रालयमा आयोजित प्रेस मिटमा दिइएको छ । 

बजेटकाे वक्तव्यकाे ७२ नम्बर बुँदामा वार्षिक १० कराेड भन्दा बढीकाे विद्युत खपत गर्ने उद्याेगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट भन्ने कुरा हुनुपर्नेमा मासिक भएकाे हुनाले उक्त कुरालाई प्रेस मिटमा सच्याइएकाे हाे । 

जस अनुसार वार्षिक १० कराेड भन्दा बढी बिजुली खपत गर्ने उद्याेगले अब २ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।