लगानी खबर, काठमाडाैँ - हिमालयन जनरल इन्स्योरेन्सले विशेष साधारण सभा डाकेको छ ।
कम्पनीको सञ्चालक समितिको आईतबार बसेको बैठकले विशेष साधारणसभा यही असार २ गते काठमाण्डौको एयरपोर्टस्थित होटेल एयरपोर्टमा बिहान ११ बजेबाट डाकेको हो।
विशेष सभाले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । साथै मिति २०७९ वैसाख २३ गते मर्जर प्रकिया सुरु भए देखिनै यस कम्पनीको शेयर कारोवार रोक्का रहेकाले मिति २०७९ जेष्ठ २५ गतेसम्म शेयरधनी लगत कितावमा नाम रहेका सवै शेयरधनीहरुले विशेष साधारण सभामा उपस्थिति हुन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।