लगानी खबर, काठमाडाैँ - बजेटपछिकाे आज (साेमबार) सेयर बजार झनै घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४५.०९ अंकले घटेर २१७८.६९ विन्दुमा झरेकाे छ । नेप्से २.०३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.८४ अंकले घटेर ४२५.२३ विन्दुमा झरेको छ ।
कूल २२७ वटा कम्पनीकाे ३४ लाख ५६ हजार ५ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार २ सय ८२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।
त्यसैगरी, साेमबार काराेबार रकममा नेपाल टेलिकमले अग्रता कायम गरेकाे छ । टेलिकमकाे ४ कराेड ९६ लाख ३८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । आज बलेफी हाइड्राेका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर एक सय २४ रूपैयाँ ४० पैसा पुगेकाे छ । यस दिन नेपाल इन्भेष्टमेन्ट बैंककाे सेयरमूल्यमा नकरात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ३ सय ६७ रूपैयाँ ७० पैसामा झरेकाे छ ।
सेयर तालिका हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।