Like us!
Follow us!

शेयर बजारमा सामान्य गिरावट !

शेयर बजारमा सामान्य गिरावट !

लगानी खबर, काठमाडौँ - आज (साेमबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक ६.१२ अंकले घटेर एक हजार ५६९.०६ मा पुगेकाे छ । नेप्से ०.३९ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.३८ अंकले घटेर ३१२.२४ मा पुगेको छ ।

कूल १९५ वटा कम्पनीकाे ८५ लाख ६५ हजार ७८ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २ सय १६ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर घटेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर मात्र बढेकाे छ ।

   हेराैं आजकाे शेयर तालिका :

5f6871c563080.jpg 5f6871cfd5f65.jpg 5f6871d979d97.jpg 5f6871e271d54.jpg 5f6871eb47f45.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।