Like us!
Follow us!

आज ४ बजे बजेट भाषण हुने

आज ४ बजे बजेट भाषण हुने

लगानी खबर, काठमाडाैँ - आज आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्नेछन् । 

संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ ।

बजेटमार्फत आयकरको विद्यमान सीमा बढाउने तथा कर्मचारीको तलब बढाउने तयारी पनि भएको अर्थ मन्त्रालयले जनाएको छ । नयाँ बजेटको कार्यान्वयनमार्फत ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हुने योजना आयोगको प्रक्षेपण छ । बजेट संसद्मा पेस गर्नुपूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ ।

बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते आइतबार साँझ ६ बजे बस्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।