Like us!
Follow us!

स्वर्णिम भविष्य बचतले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

स्वर्णिम भविष्य बचतले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ - स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे भाद्र ३१ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आश्विन १७ गते शनिबार, नेपाल पूर्व प्रहरी संगठनकाे डि वि लामा स्मृति भवन, धापासी - ७, बसुन्धरा, काठमाडौँमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को अनुमानित बजेट तथा कार्यक्रम पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, २०७६/७७ काे बाेनस तथा नगद लाभांश वितरण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।