Like us!
Follow us!

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँड

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँड

लगानी खबर, काठमाडाैँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैशाख २१ गते बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्र जेठ १० गते, मंगलबार बाँडफाँड भएकाे छ ।

सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरुलाई कुल २१ लाख ९० हजार कित्ता डिबेन्चर मंगलबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँड गरिएकाे बैंकले जनाएकाे छ । 

बैंकले ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नाममा प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएकाे थियाे । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे ।

628f6431a42b7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।