Like us!
Follow us!

राष्ट्र बैंकले २२ कराेड ३२ लाख मुद्दती निक्षेपमा लगानी गर्दै

राष्ट्र बैंकले २२ कराेड ३२ लाख मुद्दती निक्षेपमा लगानी गर्दै

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंक लिमिटेडले २२ कराेड ३२ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १७ कराेड ८७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ३४ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ कराेड ११ लाख रुपैयाँ गरी कूल २२ कराेड ३२ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले जेठ २० गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।