Like us!
Follow us!

हिमालयन रिइन्स्योरेन्सले डाक्याे विशेष साधारण सभा, प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव

हिमालयन रिइन्स्योरेन्सले डाक्याे विशेष साधारण सभा, प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव

लगानी खबर, काठमाडाैँ - हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभा जेठ २७ गते, शुक्रबार होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजेबाट सुरू हुनेछ ।

सभामा सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।