Like us!
Follow us!

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले २० अर्ब ३३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि उक्त रकम बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागिएकाे जनाएकाे छ ।

बैंकले ९१ दिनकाे अवधिका लागि १४ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल पुस ७ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनको अवधिका लागि ४ अर्ब ३० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७७ साल चैत्र १० गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७८ साल भाद्र ५ गते परिपक्क हुनेछ ।

त्यसैगरी, आज असाेज ५ गते, साेमबार ३ बजे बोलकबाेल भएर भाेलि असाेज ६ गते, मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

 

5f685fdbde36a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।