Like us!
Follow us!

खुल्ने भयो एक वर्षदेखि रोक्का रहेको इन्भेष्टमेन्ट र हिमालयन बैंकको कारोबार

खुल्ने भयो एक वर्षदेखि रोक्का रहेको इन्भेष्टमेन्ट र हिमालयन बैंकको कारोबार

लगानी खबर, काठमाडाैँ - एक वर्षदेखि राेक्का रहेकाे नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे काराेबार खुल्ने भएकाे छ । नेपाल राष्ट्र बैंकले संस्थापकसहित बैंकका आधारभुत सेयरको मात्रै सेयर कारोबार रोक्का राख्न सहुलियत बनाइदिएकाे छ । याे सँगै भाेलि (जेठ १२ गते, बिहीबार) देखि दाेश्राे बजारमा दुवै बैंककाे काराेबार खुल्ने भएकाे हाे ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम गत वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे थियाे ।

पछि यी २ बैंककाे मर्जर प्रक्रिया टुट्याे । तर पनि काराेबार भने खुल्ला गरिएकाे थिएन । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।