लगानी खबर, काठमाडाैँ - सेयर बजार सुध्रिने बाटाेमा देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा पुगेकाे छ । नेप्से ०.६५ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.४२ अंकले बढेर ४३५.०९ विन्दुमा पुगेको छ ।
कूल २२६ वटा कम्पनीकाे २६ लाख ९४ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४ करोड ४६ लाख २६ हजार ९ सय ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ ।
बुधबार अपर तामाकाेशीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ३४ लाख ८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
त्यसैगरी, यस दिन बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.९२ प्रतिशतले बढेर एक सय १० रूपैयाँ ९० पैसा पुगेकाे छ । आज कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ७.१३ प्रतिशतले घटेर ३ सय ९२ पैसामा झरेकाे छ ।
सेयर तालिका हेर्नुस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।