लगानी खबर, काठमाडाैँ - एनएमबि बैंक लिमिटेडले वैशाख २१ गते बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे "एनएमबि उर्जा ऋणपत्र (Energy Bond II)" बाँडफाँड गरिएकाे छ ।
रितपूर्वक आवेदन दिने सबै आवेदकहरूलाई हिजाे मंगलबार २७ लाख २७ हजार ४ सय ३७ कित्ता ऋणपत्र बाँडफाँड गरिएकाे बैंकले एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।
बैंकले प्रतिकित्ता १ हजार रूपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको कुल ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरेकाे थियाे । जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियाे । बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्दथे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।