Like us!
Follow us!

दाेहाेराे अंकले बढ्याे सेयर बजार, काराेबार रकम भने घट्याे

दाेहाेराे अंकले बढ्याे सेयर बजार, काराेबार रकम भने घट्याे

लगानी खबर, काठमाडाैँ - मंगलबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । काराेबार रकम भने घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.३२ अंकले बढेर २२१७.१९ विन्दुमा पुगेकाे छ । नेप्से ०.७४ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ३.६२ अंकले बढेर ४३२.६७ विन्दुमा पुगेको छ । 

कूल २२४ वटा कम्पनीकाे ३१ लाख ७ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८ करोड ८८ लाख ३३ हजार ५ सय ४२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर बढेको छ ।

मंगलबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे संस्थापक समूहकाे ४ कराेड ८४ लाख ८० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ५.९५ प्रतिशतले बढेर एक हजार ३ सय १६ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

आज कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले घटेर ४ सय २२ रूपैयाँ १० पैसामा झरेकाे छ । 

सेयर तालिका हेर्नुहाेस् :

 

628cab77ae499.jpg 628cab7e52f1b.jpg 628cab8744617.jpg 628cab8f9a449.jpg 628cab9953448.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।