Like us!
Follow us!

एफपीओ निष्कासनको प्रस्तावसहित विन नेपाल लघुवित्तले डाक्यो एजीएम, बुकक्लाेज कहिले ?

एफपीओ निष्कासनको प्रस्तावसहित विन नेपाल लघुवित्तले डाक्यो एजीएम, बुकक्लाेज कहिले ?

लगानी खबर, काठमाडाैँ - विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा जेठ ३१ गते, इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभाले कम्पनीको चैत्र १३ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छ । 

यसका साथै, सभामा वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू स्विकृत गर्ने, लेखापरिक्षकको नियुक्ती गरी निजको पारिश्रमिक तोक्ने, मनोनित सञ्चालकहरूको अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश हुनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।